काठमाडौं । मोलुङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज माघ १५ गते आइतबार अन्तिम दिन रहेको छ । आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

मोलुङ हाइड्रोपावरले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ ३ गतेसम्म मात्रै आइपीओमा आवेदन दिने व्यवस्था थियो । यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ७२ हजार ८५० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड २ लाख २५ हजार बराबरको सेयर बिक्री खुला गरेको हो । हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २ हजार ५ सय कित्ता सेयर स्थानीयलाई निष्कासन गरेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिने सेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ । बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ ३ गतेसम्म मात्रै आइपीओमा आवेदन दिने व्यवस्था थियो । यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ७२ हजार ८५० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ ।