काठमाडौं । आशा लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रमुख सूचक घटेका छन् । लघुवित्तको खुद नाफा ५८.०४ प्रतिशतले घटेर ३ करोड ६९ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ करोड ८० लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घटेकाले खुद नाफा प्रभावित भएको हो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी २४.३४ प्रतिशतले घटेर १३ करोड ३४ लाख २९ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा पनि ५८.०६ प्रतिशतले घटेर ३ करोड ६९ लाख ४१ हजार रुपैयाँमा आएको छ । यस्तै, यसको प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ८७ पैसा छ ।