शनिबार काठमाडौंकाे भृकुटीमण्डमा डग शो हुने भएको छ।

एब्स्ट्रयाक्ट  पेट्सको आयोजनामा  ‘डग शो २०२३’ हुने भएको हो।

एब्स्ट्रयाक्ट  पेट्सको अध्यक्ष पारस कपालीका अनुसार  शोमा सबै थरिका कुकुरहरुले भाग लिन पाउने छन्।

कुकुरलाई भाग लिनको लागि प्रति कुकुर एक हजार पाँच सय लाग्ने छ। त्यस्तै,  शो हेर्नको लागि प्रतिब्यक्ति प्रवेश शुल्क दुई सय ५० लाग्ने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार शो मा विभिन्न प्रतियोगिता हुनेछ। विजेताले नगदका साथै अन्य पुरस्कार पाउने छन्।

कुकुरको ब्रीड अनुसार कुकुरको स्ट्याण्डर्ड छुट्याउन भारतबाट निर्णायकको रुपमा मुम्बईका करण सिंह वालिया आउने कार्यक्रम रहेको एब्स्ट्रयाक्ट  पेट्सको अध्यक्ष पारस कपालीले जानकारी दिए।