तौलिहवा, माघ १८ गते । निजि क्षेत्रलाई प्रोत्साहित नगरी नेपालको अर्थतन्त्र माथि उठन् नसक्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभएको छ ।

कपिलबस्तुको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा भइरहेको १३औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको मंगलबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।उहाँले भन्नुभयो, “यदि निजि क्षेत्रलाई सरकारको अर्थतन्त्रबाट पर राख्नेहो भने नेपालको अर्थतन्त्र अधुरो होइन् अपुरो हुन जान्छ ।” त्यसैले निजि क्षेत्रलाई प्रोत्साहित गर्नु पर्ने उहाँले बताउनुभयो ।

‘‘नेपालको साना, मझौला र ठूला उद्योगहरुको अवस्था जसरी खस्कीरहेको छ । हामीले उत्पादन नगर्ने र उत्पादीत बस्तुहरुको मात्रै आयतले जुन समस्या र चुनौती देखा परेका छन् । त्यसलाई सरकारले गम्भीरता पूर्वक सोचिरहेको छ,’’ उहाँले भन्नुभयो ।

मन्त्री भण्डारीले कपिलवस्तुको आवश्यकतालाई पहिचान गरेर अघि बढ्न आफु सदैव तयार रहेको पनि बताउनुभयो । आगामी आर्थिक बर्षमा यस क्षेत्रको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

नेपालमा उत्पादित वस्तुहरुलाई प्रत्साहित गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो । उहाँले उपलब्ध स्रोत साधानको सहि पहिचान गरेर सरकारले उद्योगी व्यवसायीले महसुस गर्ने गरि काम गर्ने आवश्वासन दिए ।गोरखापत्र