राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १३१ रूपैयाँ १८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५५ पैसा घटेको हो।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ८० पैसा र बिक्रीमा १४३ रुपैयाँ ४६ पैसा पाइन्छ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७७ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रुपैयाँ २४ पैसा र बिक्रीमा ९२ रुपैयाँ ६७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८० पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रुपैयाँ ६८ पैसा र बिक्रीमा ३० रुपैयाँ ८२ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ २८ पैसा र बिक्रीमा ४३० रुपैयाँ २५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ११ पैसा तोकिएको छ।सेतोपाटी