काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटामा कमी देखिएको छ । आयात र निर्यात दुवै घटेका कारण व्यापार घाटामा कमी देखिएको हो ।
पछिल्लो ९ महिनामा आयात र निर्यात दुवै घट्यो
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत रहेको थियो । त्यस्तै भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु.१०१ अर्ब ६७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१६७ अर्ब ५३ करोड बराबरको भएको थियो ।