काठमाडौँ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको सामान्य गिरावटको असर नेपाली बजारमा पनि परेको छ। त्यसैको प्रभावस्वरूप आज स्थानीय बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आईतबार) छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य गत शुक्रबारको तुलनामा ३ सय रुपैयाँ कम हो। शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ८ सय रुपैयाँ थियो।
यता, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँ पुगेको छ। शुक्रबार यसको मूल्य १ हजार ९ सय ६० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औँस ३ हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।