सरकारले ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै बिक्री गर्ने भएको छ । कात्तिक २५ गते बिक्री गर्ने गरी सरकारले नेपाल राष्ट्र बैंकमार्फत बिहीबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल गर्ने भएको हो ।
नेपाल सरकारको उक्त ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

सूचना अनुसार इच्छुक खरिद कर्ताले काउण्टर पार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाण बराबरको मूल्यसहित प्रस्ताव गर्नुपर्नेछ । खरिदकर्ताले न्यूनतम ५ करोड वा ५ करोडले भाग गर्दा निःशेष भाग जाने रकमसम्मका लागि माग गर्न सक्नेछ ।

सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोलबमोजिमको वार्षिक प्रतिफल दर (याड रेट) गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टरपार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकम क्रमशः बाँडफाँड गरिने बैंकले जनाएको छ ।

बोलकबोलमा संलग्न काउण्टर पार्टीले कात्तिक २४ गते बिहीबार दिउँसो २:१५ बजेभित्र बोलकबोल गरेका ट्रेजरी बिल्सको सक्कलै प्रति राष्ट्र बैँकमा बुझाउनुपर्नेछ ।