साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुन प्रतितोला १ लाख रुपैयाँ कायम गरेको छ । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार तिन सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।