काठमाडौं । एनएमबि बैंकको ४४ हजार कित्ता संस्थापक सेयर किन्ने आज (पुस ४ गते) अन्तिम दिन रहेको छ ।
बैंकले मंसिर २६ गतेदेखि यो सेयर बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । त्यसैले, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सो भन्दाबढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यस्तै, आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाले शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।