आइएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच रकम भुक्तानसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सम्झौता पत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार आइएमईका जुनसुकै शाखा सञ्जालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाबाट भुक्तान लिन सकिनेछ ।
कार्यक्रममा आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, नेपाल एसबीआई बैंकका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायत दुवै संस्थाका उच्चपदस्थ कर्मचारीको सहभागिता रहेको थियो ।
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध आइएमईले सेवा सुरुवातको २२औं वर्षसम्ममा नेपालका सहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी उपस्थिति जनाएको छ ।