साताको पाचौं दिन बिहीबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख १ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम गरेको छ ।
यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।