काठमाडौं । एनआईसी एशिया बैंकको साधारणसभा पुस २९ गते हने भएको छ । बैंकको पुस ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले सभाको मिति तय गरेको हो ।
बैंकले काठमाडौंको तिलगंगामा रहको होटेल आनन्द प्रालिमा सभा आयोजना गर्ने जनाएको छ । बैंकले सभा प्रयोजनको लागि पुस १८ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
बैंकले आर्थिक वर्ष २०७८ / ७९ को मुनाफाबाट बैंकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।