काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । बैंकको सभा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सम्पन्न भएको हो ।
बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव सभाले प्रस्ताव अनुमोदन गरेको छ ।
त्यस्तै सभामा आर्थिक वर्ष २०७८/८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूची समेत) छलफल गरि पारित गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका काम कारबाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पारित गरेको छ ।