काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ ।

बिहीबार प्रतितोला १ लाख १ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सय रुपैयाँले घटेर १ लाख ३ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले आज तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ । यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।