काठमाडौं । एनआइसी एशिया बैंकको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने भएको छ ।

बैंकले एक सुचना जारी गर्दै बैंकको कोर बैंकिङ सिस्टमको स्तरोन्नतिको लागि आज पुस ८ गते कारोबार समयपश्चात ९ गते शनिबार अपरान्हसम्म बैंकिङ सेवा बन्द हुने जनाएको छ ।

बैंकले उक्त समयमा इन्टरनेट बैंकिङ, मोबइल बैंकिङ, एटिएम कार्ड, रेमिट्यान्सलगायतका सेवाहरु अवरुद्ध हुने जनाएको छ । उक्त समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारका लागि बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

सूचना