काठमाडौं । चाल्र्स शोभराजले आजै फ्रान्स जाने भएका छन् ।

शोभराजका तर्फबाट कानून व्यवसायी गोपाल चिन्तनले शोभराज साँझ ६ बजे कतार एयरवेजबाट दोहाका लागि उड्ने र त्यहाँबाट फ्रान्सका लागि जाने जानकारी दिएका हुन् । शोभराजको ट्राभल डकुमेन्ट पनि तयार भइसकेको बताए । अध्यागमन विभागमा सबै प्रक्रिया पूरा गर्न शोभराजलाई लगिएको हो । त्यहाँबाट उनलाई सिधै त्रिभुवन विमानस्थल लगिने भएको छ ।

हत्याका दोषी भएकाले १९ वर्ष नेपालको जेलमा राखिएका शोभराज आजै कारागारमुक्त भएका थिए । उनलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको थियो ।