काठमाडौं । नेकपा एमालेका उपाध्यक्षका विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्रीमा नियुक्त भएका छन् ।
साथै, अर्थमन्त्री पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने घोषणा गरेका छन् ।
अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले पहिलो कामको रुपमा मन्त्रालय मातहतमा अनलाइन सिस्टम कार्यन्वयन गर्ने घोषणा गरेका हुन् । उनी भन्छन्, ‘अब अर्थमन्त्रालय र सम्बद्ध सार्वजनिक निकायका काम कार्वाहीलाई अनलाइन प्रणालीमा रुपान्तरण गरिनेछ ।’