काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।

सोमबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज तेजावी सुन प्रतितोला १ लाख २ सय रुपैयाँ कायम गरेको छ । साथै, आज चाँदी भने स्थिर नै रहेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।