गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्यक्तिहरुको सुरुक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई ४८ घण्टाभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको हो ।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ जारी भइ हाल कार्यायन्वयनमा रहेको छ । उक्त कार्यविधिमा तोकिएअनुसार बहालवाला तथा पूर्व कर्मचारीरसुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ ।