काठमाडौं । कुमार बैंक र एनसिसी बैंकले पुस १७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।
एकिकृत कारोबार प्रयोजनका लागि पुस १५ र १६ गते दुई दिन बैंकका सम्पुर्ण सेवाहरु बन्द हुने भएको छ । बैंकले सार्वजनिक विदा पारेर पुस १५ र १६ गते डाटा माइग्रेसनको काम गर्ने भएको हो ।
दुबै बैंकले गत मंसिर २५ गते सम्पन्न साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । मर्जरको प्रस्ताव पारित भए सँगै नेपाल राष्ट्र बैंकले पुस ६ गते कुमारीलाई एनसिसी बैंक प्राप्त गर्न अन्तिम स्वीकृति प्रदान गरेको थियो ।