प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेका छन् । बुधवार बेलुकी उनी बालुवाटार सरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको शुभ साइतमा बालुवाटार प्रवेश गरेका हुन् । प्रचण्डले ज्योतिष टीकाराम घिमिरेलाई बोलाएर बालुवाटर सर्ने साइतको टुंगो गरेका थिए । यस्तै, बुधबार नै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराही भाडाको घरमा सरेका थिए ।
बालुवाटारको चाबी प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी छन् । उनलाई सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका थिए।