काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले संस्थापक सेयर विक्री गर्ने भएको छ । कम्पनीले १४ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । ईच्छुक संस्थापक सेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनका लागि कम्पनीले आग्रह गरेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सबैभन्दा पहिला आफ्ना संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले कम्पनीले ईच्छुक संस्थापक सेयरधनीलाई आवेदन दिन भनेको हो ।
उक्त सेयरको न्युनतम मुल्य १ सय रुपैयाँ रहेको छ । कम्पनीले तोकेको यस समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै निवेदन नआएमा कम्पनीले अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्ने जनाएको छ ।