काठमाडौं । प्रभु बैंकले आफ्नो २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त सभा बैंकको आफ्नै केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।
बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफ बाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।
सभाले आर्थिक वर्ष २०७८र०७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित आथिृक वर्ष २०७८र७९ को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण उपर छलफल गरी पारित गरेको छ ।
प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेका निर्णय लगायतका सम्पूर्ण काम कारवाही अनुमोदन गर्ने प्रस्ताव परित गरेको छ ।