काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ ।
बिहीबार १ लाख ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुन प्रतितोला १ लाख ९ सय रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।