काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइल फोनमा कडाई नगर्न निर्देशन दिएका छन् ।
शुक्रबारदेखि विदेशबाट फर्कनेले ल्याउने मोबाइल फोनमा सरकारले कडाई गरेपछि विरोध भएको थियो । विरोध भएपछि तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन ।
नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट आजदेखि दर्ता नभएका मोबाइल फोन नचल्ने जनाएको छ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको थियो ।