डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ ।
वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्द्धनका लागि ईसेवा मनी ट्रान्सफरले यो अभियान सुरू गरेको थियो । हाल यस अभियानमा विदेशमा रहेका नेपालीहरुको उत्साहजनक सहभागिता रहेको छ । नेपालीहरू हरेक दिन यस अभियानमा जोडिँदै जाने क्रम बढ्दो छ । यो अभियान आगामी चैत ६ गतेसम्म सञ्चालनमा रहनेछ ।
यस अभियानअन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । यसका साथै, विदेशबाट आएको नगद रेमिट्यान्स ईसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ । यस अभियानमा सहभागी भइ ईसेवा मनि ट्रान्सफरमार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् ।
आर्थिक विकास विना कुनै पनि राष्ट्र सम्मुनत बन्न नसक्ने भन्दै आर्थिक विकासका लागि देशभित्र र बाहिर रहेका नेपालीको योगदान पनि उत्तिकै महत्त्वपूर्ण हुने हुनाले ईसेवा मनी ट्रान्सफरले यस अभियान सञ्चालन गरेको हो । मेरो डिजिटल देश अभियानमार्फत विदेशमा रहेका समस्त नेपालीहरुलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पुर्याउन यस अभियानले मद्दत पुर्याउने ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाको भनाइ छ ।
यस अभियानमा अभिनेता राजेश हमाल पनि जोडिएका छन् । हमालले यस अभियानसँग जोडिएर देश तथा विदेशमा गई डिजिटल रेमिट्यान्ससम्बन्धी जागरुकता जगाउने कार्यमा सक्रियता जगाएका छन् । उनले केही दिनअघि मात्र करिब ४ लाख नेपाली रहेको युएईमा गइ यस अभियानको प्रवर्द्धन गरेका थिए ।
यसैगरी नेपाली सिनेजगतकी चर्चित नायिका स्वस्तिमा खड्काले पनि यस अभियानको प्रचार(प्रसारमा क्रियाशील रहेकी छन् । सोही क्रममा उनले हालसम्म हरेक महिना पाइने आकर्षक उपहारअन्तर्गत दुई जनालाई घरसम्मै पुगेर आकर्षक उपहारसमेत प्रदान गरिसकेका छन् ।
ईसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।