काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालिबिच सम्झौता भएको छ । यो सम्झौतासँगै नबिलका ग्राहकले मिडास ई–क्लासका पठनपाठनका सामग्रीमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैंयामा प्राप्त गर्न सक्नेछन् भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा, र परीक्षा तयारीका कक्षामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताको मुख्य उद्देश्य खातावालालाई डिजिटल प्लेटफर्ममार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ ।