काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ ।
काभ्रेपलाञ्चोकमै केन्द्रिय कार्यालय रहेका स्वरोजगार र समता घरेलुले मर्जरको प्रारम्भिक सहमतिपत्रमा हिजो पुस १८ गते अपरान्ह ४स्४५ बजे हस्ताक्षर गरेका हुन् ।
मर्ज हुने सम्झौता भएसँगै दुबै संस्थाले आधारभुत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्न नेप्सेलाई अनुरोध पनि गरेका छन् ।