काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवामार्फत एनसेलका कुनै पनि मोबाइल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ ।

ईसेवामार्फत एनसेल मोबाइलमा जनवरी महिना अवधिभर जम्मा ६ सय रूपैयाँभन्दा बढीको टपअप गर्दा प्लेस्टेसन फाइभ जित्न सकिनेछ । यसका अलावा अन्य थुप्रै पुरस्कार जित्न सकिने अफर इसेवाले सार्वजनिक गरेको छ । साथै २ सय रुपैयाँभन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्न सकिनेछ । यो योजना अंग्रेजी महिनाको जनवरी अन्तिमसम्म लागू हुनेछ ।

ईसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । ईसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।