काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आगामी पुस २० देखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।
जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुन लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुका साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जित्न सक्नेछन् ।
सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसीरहिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उनीहरुले ५० प्रतिशत छुट पाउनेछन् भने इन्जिन कुलिङ, एसीरहिटरसम्बन्धी पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनेछन् । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउनेछन् ।