काठमाडौं । आइएमई पे र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बिमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।
सम्झौतापश्चात आइएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताले नेपालभर जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् । प्रयोगकर्ताले भुक्तानी गरेपछि एक हजार रुपैयाँको बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका साथै प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।