वीर अस्पतालमा अबदेखि फोनपे क्यूआरदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ । योसँगै नेपालको सबैभन्दा पुरानो सरकारी अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट हटेको छ ।
वीर अस्पतालमा डाइनामिक क्युआर कोडको सिस्टम सुरू गरिएसँगै बिरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको हो । उक्त क्युआर सेवाको सुरूवात वीर अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्र कुमार बस्नेतले गरेका थिए । क्यूआरमार्फत भुक्तानी गर्न सकिने सुविधाको उद्घाटन गर्दै अधिकृत बस्नेतले भने, ‘ वीर अस्पतालमा क्यूआरबाट भुक्तानी गर्न सकिने सुविधा सुरू भएसँगै अबदेखि नगद नै बोकेर आउन पर्ने बाध्यता र पर्स चोरी हुनेजस्ता डरबाट मुक्ति मिलेको छ ।’
यस्तै, अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा समेत थप गरिएको छ ।