काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकको संस्थापक धनी सैलेश श्रेष्ठको नाममा रहेको १२ लाख ७० हजार १ कित्ता र ज्ञान बहादुर दाहालको नामको ३ हजार ९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४१ रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बिहीबार (पुस २१ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।