काठमाडौं । सामसङले लोकप्रिय ए(सिरिजको सबैभन्दा नयाँ सदस्य ग्यालेक्सी ए०४ई सार्वजनिक गरेको छ ।

ए-सिरिजको यो पछिल्लो लन्च ग्यालेक्सी ए०४ई एउटा इन्ट्री/लेभल फोन हो । यसमा ३ जीबी र्‍याम छ र ३२ इन्टर्नल मेमोरीको भेरिएन्टमा आउने कम्पनीको दाबी छ । यसमा थप १ टीबी एक्सटर्नल स्टोरेज स्पेस माइक्रो एसडी कार्डद्वारा जोड्न सकिन्छ । तर यो फोनको प्रमुख विशेषता भने यसको डिस्प्ले र क्यामरा रहेको छ । नयाँ ग्यालेक्सी ए०४ईको मूल्य १३ हजार ४९९ रुपैयाँ रहेको छ ।

ग्यालेक्सी ए०४ईमा ३ वटा क्यामेरा समावेश छन् । रेअरमा डुअल क्यामेरा जसमा मेन क्यामेरा १३ एमपी रहेको छ र यसको साथ दिन २ एमपीको डेप्थ क्यामेरा छ । फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ ।

ग्यालेक्सी ए०४ईको ६.५ इन्च स्क्रिन ७२०X१६०० पिक्सल रेसोलुसनको साथ आउँछ । यसको ५००० एमएएच ब्याट्रीले ४० घण्टासम्म विना कुनै चार्जिङको आवश्यकताको स्क्रिन-टाइम दिने कम्पनीको दाबी छ ।