काठमाडौं । नेप्सेमा बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।अब यस बोनस सेयर सेयरधनीले आइतबारदेखि खरीद बिक्री गर्न सक्नेछन् ।
कम्पनीले मंसिर २३ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ६ प्रतिशत बोनस सेयर सूचिकृत गराएको हो ।