काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले आज पुस २५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुबै बैंक १ः१ अर्थात बराबरी हैसियतमा मर्जरमा गएर आजदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
दुबै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस १९ गते अन्तिम स्वीकृति दिएको थियो । दुबै एक भएपछि अब ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ रहेको छ । एकीकृत कारोबारपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।