काठमाडौं । एनएमबि बैंकको २७औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, सभाबाट वार्षिक प्रतिवेदनसहित गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित भएको छ । २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड रुपैयाँ, निक्षेप १ खर्ब ८६ अर्ब र कर्जा १ खर्ब ८२ अर्ब रुपैयाँ रहेको बैंकले जानकारी गराएको छ ।