काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र साधारणसभा गर्न नसक्ने जनाएको छ ।

कम्पनीले एक सुचना जारी गर्दै बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आर्थिक वर्ष २०७८र७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भई स्वीकृतिको अवस्थामा रहेकोले पाँचौ वार्षिक साधारण सभा गर्न ढिलाई हुने भएको जनाएको छ ।

संस्थाले नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात् साधारण सभा चैत मसान्तसम्म गरिसक्ने जनाएको छ ।