काठमाडौं । नेपाल टेलिकमको वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यस्तै, कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाबलगायतमा पनि छलफल हुनेछ ।

साधारणसभा प्रयोजनका लागि यस कम्पनीले पुस १८ गते देखि पुस २७ गतेसम्म बुक क्लोज गरेको छ । पुस १७ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।