काठमाडौं । साताकोे कारोबारको पाँचौ दिन बिहीबार सुनको मूल्य बढेको छ ।
बुधबार प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँले बढेर १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले आज तेजावी सुनको मूल्य १ लाख २ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । साथै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।