काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ४१.०२ अंकले घटेर २,१४९.४१ को बिन्दुमा कायम भएको छ ।
बिहीबार कुल २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज कम्पनीको २२ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै, रिडी पावरको १७ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको १६ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १४ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।