काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको भाउ घटेको छ । मंगलबार १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार रुपैयाँ निर्धारण गरेको छ ।

यता, बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १ हजार ३ सय ९० रुपैयाँ कायम रहेको थियो ।