काठमाडौँ । स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरेको छ । उक्त सहकार्यमा हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट पाइने अफर सार्वजनिक गरेको हो ।
यस छुट आफर अन्तर्गत ग्राहकले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले बिग मार्टको सम्पूर्ण शाखामा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।
यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।