काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ छ । गत वर्ष यसले २० प्रतिशत बोनस सेयर र करसहित ७।३७ प्रतिशत नगद गरी कुल २७।३७ प्रतिशत लाभांश दिएको थियो ।