काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ निर्धारण गरेको छ । यता, बिहीबार चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ कायम रहेको थियो ।