काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार झिनो अंकले बढेको छ । आज नेप्शे परिसूचक ५.७१ प्रतिशतले बृद्धि भई २१७९.८१ को बिन्दुमा कायम भएको छ ।
आज दिनभरमा कुल ३ अर्ब ४ करोड ४५ लाख २९हजार रुपैयाँको सेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एसिया बैंकको सेयर कारोबार भएको छ । आज बैंकका कुल १८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसैगरी आज रिडी पावर कम्पनीको १२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने पिपुल हाइड्रोपावर कम्पनीको १० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै आज अपि पावर कम्पनीको ९ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।