काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।