काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैयाँले बढेर १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ ।
यता, सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।