काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा होटल लि हिमालय लाजिम्पाटमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षक सहितको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, हिसाव लगायतका अनुसूचीहरु पारित गरेको छ ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३१ प्रतिशत नगद गरि कुल ६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्तावलाई अनुमोदन गरेको छ ।